नियम ७५
दामासाही व्यवसायीको सूची अच्चाबधिक गर्ने
(१) प्रचलित कानून बमोजिम दामासाही व्यवसाय गर्न इजाजत प्राप्त व्यक्तिहरुको विषयगत सूची दामासाही प्रशासन कार्यालयबाट झिकाई रजिस्ट्रारले अद्याबधिक गरी राख्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको सूची अद्याबधिक गर्दा बिमा, बैङ्गिङ्ग सेवा, उत्पादन र निर्माण व्यवसाय सञ्चालन सम्बन्धी अनुभव प्राप्त व्यक्तिहरुको नाम, थर, वतन, पेसा र निजको विशेषज्ञता क्षेत्रको आधारमा छुट्टाछुट्टै सूची तयार गर्नु पर्नेछ।

(३) वाणिज्य इजलासले जाँचबुझ अधिकारी, पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटर नियुक्त गर्दा सम्बन्धित नियामक निकाय तथा दामासाहीमा परेको कम्पनीसमेतलाई बुझी उपनियम (१) बमोजिमको सूचीमा नाम रहेका व्यक्तिहरुमध्येबाट गर्नेछ।